सेयर बजार २५.३१ अंकले बढ्याे, बजारले बुलिश लय समाएको हो त ?
केही दिनको साइडवेज प्रवृत्तिपछि नेप्सेले बुधबार फेरि गति लिएको छ । यस दिन नेप्से सूचक २५.३१ विन्दुले बढेर २०९७.५५ अंकमा आएको छ । ३ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनी सकारात्मक सर्किट लेवलमा कारोबार भएका छन् । बुधबार हाइड्रोपावर समूहमा सबैभन्दा धेरै वृद्धि भएको छ ।
असार मसान्तको प्रभावका कारण बजार यसअघि केही दिन सुस्त र सामान्य रहेको थियो । तर, बुधबारबाट फेरि गति लिने संकेत देखिएको छ । असार मसान्त नजिकिंदै गर्दा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अधिक तरलताकै कारण अन्तर बैंक ब्याजदर एक प्रतिशतकै लाइनमा आइसकेको छ । सीडी रेसियो पनि ८२ प्रतिशत हाराहारीमा झरिसकेको छ । यसको अर्थ वित्तीय प्रणालीमा तरलता निकै सहज भएको छ ।
बजारले च्यानलको माथिल्लो लाइनबाटै रिभर्सल दिएकाले बजारले पाचौ वेभ सुरु गरेको हुन सक्ने अनुमान लगाउन मिल्ने आधार भएता पनि बजार २१६० माथि स्थिर भएर नबसे सम्म बजारले अझै केहि समय साइडवेज प्रवृत्ति देखाउन सक्ने सम्भवनालाई नकार्न सकिन्न। बजारमा सुरक्षित इन्ट्री २२००को बिन्दुबाट ब्रेक आउट दिए पछि हुने छ।
Comments