आईसीएफसी फाइनान्सको संस्थापक सेयर बिक्रीमा

आईसीएफसी फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । उक्त संस्थाका केही संस्थापक शेयरधनीहरुको आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि संस्थाले सो संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
संस्थाले सोही संस्थामा कायम संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखिएको जनाएको छ । सेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीले ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय, भाटभटेनी काठमाडौंमा सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।

Comments

Back to top