नेप्से स्थिरप्रायः रहँदा बढ्यो कारोबार रकम, कस्तो रहला आगामी दिन ?
सेयर बजारमा सोमबार झिनो विन्दुको गिरावट आएको छ ।
सूचक सामान्य प्रभावित हुँदा कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन सूचक ०.८० विन्दुले घटेर सूचक २०७६.९६ विन्दुमा अडिएको छ । ३ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारमा असार मसान्तको प्रभाव भने विस्तारै कम हुँदै गएको छ । मसान्तमा तिर्नुपर्ने साँवा–ब्याजको लगानीकर्ताले जोहो गरिसकेको बजारले संकेत गरिरहेको छ ।
प्राविधिक हिसाबले हेर्दा बजारले इन्ट्राडे हाइ २१०० सम्म बनाएर करेक्सन दिएको देखिन्छ। हाल चलिरहेको माथिको वेभलाई करेक्टिभ वेभ मान्ने हो भने आज करेक्टिभको वेभ ''ए" सकिएर वेभ ''बि'' आएको र आगामी दिनमा बजार माथि नै गएर वेभ ''सी'' बनाउने देखिन्छ। बजार वेभ ''सी'' मा २१४०-२१५० सम्म पुग्ने अनुमान लगाउन सकिन्छ।
हाल सुरु भएको बढोत्तरीले निरन्तरता लिएर २२००को बिन्दुमा भोल्युम सहित ब्रेकआउट दिए बजारमा अल्टर्नेटीभ हेर्नु पर्ने हुने छ।
Comments