बीमा व्यापार मात्र नभई सेवा पनि हो : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीहरूले बीमा व्यापार मात्र नभई, सेवा पनि हो भन्ने बुझ्नुपर्ने बताएका छन् । बीमा समितिको ५४ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले बीमा कम्पनीहरूले बीमा व्यापाय मात्र होइन, सेवा पनि हो भन्ने बुझ्ननु बुझाउनुपर्ने अवस्था रहेको बताए।
उनले भनेका छन्, “पछि परेका विपन्न वर्गलाई समेट्ने गरी अघि बढ्न, नागरिकको आवश्यकता अनुरूप बीमा गर्ने व्यवस्था मिलाउन, गाउँघरमै जीवन तथा निर्जीवन बीमा गर्ने र स्थानीय स्तरमै दाबी भुक्तानी पाउने व्यवस्था गर्न बीमा समिति अझ बढी क्रियाशील हुनुपर्दछ। साथै बीमा क्षेत्रमा सुशासन कायम गर्न, बीमा क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा हटाउन, बीमा कम्पनीहरूलाई सबल बनाउन र बीमा क्षत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि भूमिका निर्वाह गर्न समितिले आगामी दिनमा ठोस कदम चाल्ने नै छ भन्ने विश्वास लिएको छु ।”
Comments