नेपाल एयरलाइन्सले गर्‍यो अन्तर्राष्ट्रिय उडानमा भाडादरमा छुटको घोषणा

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका उडानमा भाडादरमा विशेष छुटको घोषणा गरेको छ। निगमले भारत, युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरब, मलेसिया, हङकङ, थाइल्यान्ड, र जापानका गन्तव्यहरूमा न्यूनतम २,५०० रुपैयाँदेखि अधिकतम ५,००० रुपैयाँसम्मको छुट दिन सुरु गरेको छ।

निगमले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार यो छुट नयाँदिल्ली, मुम्बई, बैंगलोर, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक, र नारिता उडानमा लागू गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार अन्तर्राष्ट्रिय हवाई भाडादर घटाउन कदम चालिएको निगमले जनाएको छ।

उडानहरूमा नयाँ छुट योजना

भारत: नयाँदिल्ली, मुम्बई, बैंगलोर – प्रति टिकट २,५०० रुपैयाँसम्म छुट।
यूएई र साउदी अरब: दुबई र दमाम – ५,००० रुपैयाँसम्म छुट।
मलेसिया र हङकङ: क्वालालम्पुर र हङकङ – ५,००० रुपैयाँसम्म छुट।
थाइल्यान्ड र जापान: बैंकक र नारिता – ५,००० रुपैयाँसम्म छुट।

निगमको यो कदमले यात्रुलाई राहत मिल्ने अपेक्षा गरिएको छ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर पीडितका लागि प्रदान गरिएका सुविधाले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ।

एजेन्सी

Comments

Back to top