चीनियाँ निर्जीवन बीमा कम्पनीको पूर्व अध्यक्षमाथि भ्रष्टाचारको अभियोग
चीनको अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोग र राज्य सुपरिवेक्षण आयोगले चाइना कन्टिनेन्ट प्रोपर्टी एन्ड क्याजुअल इन्स्योरेन्सका अध्यक्ष चेन योङको भ्रष्टाचार अनुसन्धान गर्ने घोषणा गरेका छन् ।
५८ वर्षिय चेनले बीमा क्षेत्रमा धेरै वर्षदेखि विभिन्न बीमा कम्पनीमा काम गरेका थिए । सन् २०१४ मा उनलाई चाइना कन्टिनेन्टको युनान शाखाको महाप्रबन्धकको पदबाट पद्दोन्नति गरिएको थियो । यो कम्पनीको मुख्यालय संघाईमा रहेको छ । उनले चाइना कन्टिनेन्टमा विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालेका थिए ।
जनवरी २०१७ मा उनी बीमा कम्पनीको उपाध्यक्ष रहेका थिए । मार्च २०२१ मा, उनी चीन कन्टिनेन्टको उपाध्यक्षको रूपमा आफ्नो पद कायम रहदैं चाइना पूनर्बीमा समूहमा सरुवा गरिएका थिए ।
चेन भ्रष्टाचार अनुसन्धानको अधीनमा रहेका सरकारी स्वामित्वका वित्तीय संस्थाका धेरै अधिकारीहरूमध्ये एक हुन् । तिनीहरूमध्ये चाइना लाइफ इन्स्योरेन्सका अध्यक्ष वाङ बिन पनि भ्रष्टाचारको अभियोगमा छानबिनको दायरामा समेटिएका यसवर्षकै चर्चित व्यक्ति हुन् । वाङलाई वित्तीय अनुशासन र कानूनको गम्भीर उलंघनको आशंकामा अनुशासनात्मक समीक्षा र अनुसन्धान भइरहेको छ ।
Comments