जापानको मुद्रास्फीति दर २ प्रतिशत मात्र

जापानको केन्द्रीय बैंकले मुद्रास्फीति दर २ प्रतिशत आंकलन गरेको छ । बढ्दै गएको इन्धन तथा खाद्यान्नको मूल्यका कारण मुद्रास्फीति दर २ प्रतिशत भन्दा माथि जाने उपभोक्ता मुद्रास्फीति सूचांकले जनाएको छ ।

यसैगरी विश्वव्यापी रुपमा अरु देशहरुले संकुचित मौद्रिक नीति अवलम्बन गरिरहँदा जापानले अवलम्बन गरेको विस्तारकारी मौद्रिकका कारण पनि जापानमा मुद्रास्फीति दर बढ्दै गएको विश्लेषकहरु बताउँछन् ।

आकाशिएको कच्चा पदार्थ, इन्धन तथा खाद्यान्नको मूल्यका कारण अप्रिल महिनाको उपभोक्ता मुद्रास्फीति सूचांक २.१ प्रतिशत भएको हो । जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका गर्भनर हारुहिको कुरोडाले मुद्रास्फीति अस्थायी हुने भएकाले आफूहरु विस्तारीत मौद्रिक नीति परिवर्तन गर्ने पक्षमा नरहेको बताएका छन्।

Comments

Back to top