चुनावपछि अनौपचारीक क्षेत्रको पैसा बैंकिङ प्रणालीमा फर्कने सङ्केत !
स्थानीय तहको निर्वाचनमा परिचालन भएको अनौपचारीक क्षेत्रको पैसा बैंकिङ प्रणालीमा आउन थालेको छ । निर्वाचनाका लागि तयारी गरेका राजनीतिक दलका नेता तथा कार्यकतार्ले खर्चिएको रकम वित्तीय प्रणालीमा आउन थालेको हो ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ७५३ स्थानीय निकायमध्ये ७७ वटा मतदान केन्द्रमा निर्वाचन हुन सकेन भने बाँकी जिल्लामा निर्वाचन भएको छ । राजनीतिक दलहरुले चुनाव–प्रचार प्रसारका लागि गरेको खर्च वित्तीय प्रणालीमा क्रमिक रुपमा भित्रिएको छ ।
निर्वाचन आयोगले चुनावी खर्च बैंकिङ प्रणालीबाट गर्न निर्देशन दिएपनि चुनावमा गर्ने खर्च बैंकिङ प्रणालीबाट कम हुने गरेको छ । नेता तथा कार्यकर्ताले खर्चिने अधिकांश रकम अनौपचारीक माध्यमबाट हुने गर्छ । चुनावमा विषेश गरी सवारी भाडा, खाना तथा मदिराजन्य पेय पदार्थ लगायतमा धेरै लगानी हुन्छ । त्यो क्षेत्रमा गरिएको लगानीको धेरै हिस्सा आयातका लागि नै खर्च हुने भए पनि अनौपचारीक क्षेत्रको पैसालाई औपचारीक बनाउने मध्यमको रुपमा पनि राजनीतिक नेतृत्वले चुनावलाई प्रयोग गर्ने गर्छन् ।
Comments