यामाहाको ‘रेजेडआर १२५-एफआई’ सार्वजनिक

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५-एफआई स्ट्रिट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपमा आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।

यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ ।

‘फ्युल इन्जेक्सन’ (एफआई) प्रविधिको प्रवर्तक यामाहाले गत वर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई पहिलो पटक सार्वजनिक गरेको थियो । कम्पनीको अनुसार रेजेड आर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने बजारमा एक मात्र स्कुटर हो, जसले न्यून इन्धनमा उच्चतम माइलेज प्रदान गरी अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको दाबी छ । उक्त स्कुटरको उच्चतम फ्यूल इफिसियन्सी लिखितमा मात्र दाबी नगरी कम्पनीले नियमित रूपमा र्याली आयोजना गर्ने गरेको बताएको छ ।

स्मार्ट “कनेक्ट-एक्स” फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले “गुगल प्ले स्टोर” र “एप्पल” को फोन प्रयोग गर्ने चालकले “एप्पल”को “एप स्टोर” मार्फत यामाहाको “कनेक्ट-एक्स” एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् ।

Comments

Back to top