बैंकहरुद्वारा १ खर्ब १६ अर्ब पुनरकर्जामा लगानी

बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा रु.११६ अर्ब ९० करोड लगानीमा रहेको छ । २०७८ चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.२१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको रु.७३ अर्ब ५२ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३६ ऋणीको रु.३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैत मसान्तसम्ममा रु.१ अर्ब १३ करोड स्वीकृत भएको छ ।

Comments

Back to top