राष्ट्र बैंकद्वारा ९ महिनाको आर्थिक तथा वित्तीय स्थिति तथ्यांक सार्वजनिक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । आयात ३२.० प्रतिशतले र निर्यात ६९.४ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२६८ अर्ब २६ करोडले घाटामा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.७९४ अर्ब २६ करोड र राजस्व परिचालन रु.७८९ अर्ब २६ करोड रहेकोछ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.१ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १७.८ प्रतिशत रहेको छ ।

Comments

Back to top