ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा प्रदान गर्दै माछापुच्छ्रे बैंक
माछापुच्छ्र्रे बैंकले आफ्ना ग्राहकको लागि ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने व्यवस्था गरेको छ ।
माछापुच्छ्र्रे बैंकले बीएचसी इन्टरनेसनल प्रालिसँग सम्झौता गरी बैंकको इन्स्टापे सुविधा मार्फत इलेक्ट्रोनिक ओकिनावा स्कुटर शून्य प्रतिशत ईएमआईमा पाउने परिपाठी मिलाएको हो ।
पेट्रोलियम पदार्थको खपत बढिरहेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्देश्य एवम् वतावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
बीएचसी इन्टरनेसनल प्रालिसँगको सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि १८ महिनासम्मका लागि शून्य प्रतिशत ईएमआईमा इन्सटापेमार्फत ओकिनावा ब्रान्डको इलेक्ट्रोनिक स्कुटर खरिद गर्न सक्नेछन् । बैंकका ग्राहकहरूलेे उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टापे बाट पाउन सक्नेछन् ।
Comments