टियागो: चार लाखको ‘माइलस्टोन’ पार गर्ने पहिलो टाटा गाडी

टाटा मोटर्सको टाटा टियागो ४ लाख वटा बिकेको छ । टाटा मोटर्सको भारतको गुजरातस्थित सनान्द प्लान्टबाट बिहीबार ४ लाख औं टियागो बिक्रीको लागि बाहिरिएको थियो। टियागोले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ । टाटा मोटर्सको उत्पादनमध्ये यो कोशेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो ।

टाटा टियागो पहिलो पटक सन् २०१६ मा सार्वजनिक भएको थियो । सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पायो । यो गाडी हरेक उमेरका खरिदकर्ताको लागि उपयुक्त छ । अझ विशेष पहिलो पटक गाडी किन्ने ग्राहकहरूलाई टियागोको विशेषताहरूका कारण लोभ्याउन सफल छ । टियागो सुरक्षा र विशेषताहरूसँगै स्टाइल र आवरणका कारण पनि विशेष छ ।

१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इन्जिन जडित छ । जसले ६,००० आरपिएममा ८६ पिएस पावर र ३,३०० आरपिएममा ११३ एनएम टर्क जेनेरेट गर्छ । यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ ।

टियागोमा ३५ लिटरको इन्धन ट्याङ्क छ । टाटा टियागोले प्रतिलिटर २० किलोमिटरसम्मको माइलेज दिन्छ ।

टाटाको टियागो सुरक्षाको हिसाबमा पनि अब्बल छ । कम्पनीले टियागो निर्माण समय यात्रु सुरक्षालाई विशेष ध्यानमा राखेको छ । ग्लोबल एनक्याप परीक्षणमा टियागोको चार स्टार रेटिङ पाएको छ । यसले गाडी निकै सुरक्षित छ भन्ने साबित गर्छ ।

टियागोमा डुअल एयरब्याग, रिअर पार्क असिस्ट डिस्प्ले -गाडी ब्याक गर्दा पछाडि के छ भन्ने हेर्न मिल्ने स्क्रिन, इबिडी र सिएससी (कर्नरिङ स्टेबिलिटी कन्ट्रोल) सहितको एन्टी-लक ब्रेकिङ प्रविधि, स्पीड सेन्सेटिभ अटो लकिङ डोर (गाडी गुडिरहेको समय ढोका नखुल्ने), डिफगरसहितको रिअर वास वाइपरलगायत विशेषताहरू छन् । त्यस्तै, गाडीमा पंचर रिप्यर किट पनि राखिएको छ ।

गाडी जति सुरक्षित छ, उत्तिकै आरामदायी पनि छ । टाटा मोटर्सले टियागो उत्पादन समय गाडीको भित्री भागको डिजाइनिमा पनि विशेषत ध्यान पुर्‍याएको छ । टियागोको भित्री भाग निकै फराकिलो छ । चालक र यात्रुको लागि गाडीमा पर्याप्त ठाउँ छ। गाडीमा अटोमेटेड क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।

Comments

Back to top