सबै बैंकहरुले राष्ट्र बैंकलाई बुझाए सिडि रेसियो तल झार्ने कार्ययोजना
नेपाल राष्ट्र बैंकलाई बैंकहरुले आगामी असार मसान्तभित्र सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउने कार्य योजना बुझाएका छन् । सबै बैंकहरुले सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउने कार्ययोजना पठाइसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षामा आगामी असार मसान्तभित्र सिडि रेसियो ९० प्रतिशतभन्दा तल कसरी ल्याउने हो त्यसको कार्ययोजना सञ्चालक समितिबाट पारित गराएर केन्द्रीय बैंकका पेश गर्न निर्देशन दिएको थियो ।
सोही अनुसार बैंकहरुले सिडि रेसियो ९० प्रतिशतभन्दा तल ल्याउने कार्ययोजना केन्द्रीय बैंकमा बुझाएका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सिसिडि रेसियो खारेज गर्दै सिडि रेशियो लागु गरेको थियो । सो अनुसार बैंकहरुले आगामी असार मशान्तभित्र सिडि रेसियो ९० भन्दा तल ल्याउनुपर्ने आवश्यकता छ।दोस्रो त्रैमाससम्म पनि बैंकहरुको सिडि रेसियो घट्नुको सट्टा उल्टै बढ्दै गएपछि असार मसान्तभित्र ९० भन्दा तल ल्याउने कार्ययोजना पेश गर्न भनेको थियो ।
अहिले पनि बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढ्न सकेको छैन् । वैशाख यता निक्षेप २० अर्ब भन्दा धेरैले घटेको छ । निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुलाई सिडि रेसियो कायम गर्न झन् कठिन बन्दै गएको छ ।
Comments