जेठ ३ देखि संसदमा प्रि–बजेट छलफल हुने
संघीय संसदमा जेठ ३ देखि प्रि–बजेट छलफल हुने भएको छ। कार्यपालिका र व्यवस्थापिका संसदबीच जेठ पहिलो सातादेखि प्रि–बजेट छलफल अघि बढाउने सहमति भएको हो।
सरकारले आगामी आवको बजेट निर्माणकार्य अन्तिम चरणमा पुर्याइसकेको छ। सरकारले अब बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ। सरकारको सिफारिसपछि राष्ट्रपति भण्डारीले बजेट अधिवेशन बोलाउनु हुनेछ ।
संविधानअनुसार सरकारले जेठ १५ गतेभित्र नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्छ।
Comments