‘ट्वीटर’ बाटै पैसा कमाएर बैंकको ऋण तिर्छु: एलन मस्क
एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्न सहयोग गर्ने बैंकलाई ट्वीटबाटै पैसा कमाउने नयाँ तरिका अपनाएर कर्जा चुक्ता गर्ने बताएका छन् । उनले यसका लागि कम्पनीको कार्यकारी र बोर्डको तलबमा कटौति गर्ने अनि ट्वीटहरु मार्फत पैसा कमाउन मिल्ने प्रक्रिया स्थापित गराउने बताए ।
गएको सोमबार मस्कले प्रति सेयर मूल्य ५४.२० डलरमा कूल ४४ अर्बमा कम्पनी खरिद गरेका थिए । यसैका लागि ऋण सुनिश्चित गराउन उनले बैंकसँग छलफल गरेका थिए ।
मस्कले बैंकलाई आफूले लिएको ऋण तिर्न ट्वीटरबाट पर्याप्त ‘क्यास फ्लो’ हुनेछ भनेर बैंकलाई सहमत गराएका थिए । यसरी उनले १३ अर्ब डलर कर्जा लिएका छन् । टेस्ला कम्पनीको स्टकबाट पनि उनले १२.५ अर्ब डलरको मार्जिन ऋण लिएका छन् । उनले बाँकी कर्जा आफ्नै पैसाले तिर्ने सम्झौता गरेका छन् ।
स्रोत: रोयटर्स
Comments