बैंकबाट धमाधम पैसा झिकिंदै, दुई हप्तामा १८ अर्ब बाहिरियो

चुनाव नजिकिदै जाँदा बैंकबाट धमाधम पैसा बाहिरिन थालेको छ । अर्थात् चुनावकै कारण व्यक्तिहरुले बैंकबाट धमाधम पैसा झिक्न थालेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहौल बनेसँगै बैंकहरुबाट १८ अर्ब रुपैयाँ बाहिरिएको छ । यस्तो रकम २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा झिकिएको राष्ट्र बैंकले जनाएको छ ।

वैशाख २ गते बैंकहरुमा कुल ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेकोमा १४ गतेसम्म आइपुग्दा घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँमा झरिसकेको छ ।

वैशाख २ गते कुल ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले १४ गतेसम्म आइपुग्दा करिब ४ अर्बले लगानी घटाउँदै ४१ खर्ब ९१ अर्ब मात्र गरेका छन् ।

Comments

Back to top