इन्टरनेट बन्द हुने अवस्था आयो,सरकारले विदेशी मुद्राको दिएन सटही सिफारिस

इन्टरनेट सेवा प्रदायकहरूले विदेशी मुद्राको सटही नपाउँदा नेपाली बजारमा इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको चेतावनी दिएका छन्।

गएको छ महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीको सिफारिस नदिँदा अपस्ट्रिम प्रोभाइडरलाई शुल्क तिर्न नसकिएको उनीहरूले बताएका छन्।

इन्टरनेट सेवा प्रदायक एसोसिएसनले प्रेस विज्ञप्ति जारी गर्दै अबको एक हप्तामा इन्टरनेट सेवा नै बन्द हुने अवस्था रहेको चेतावनी दिएको छ।

सरकारले विदेशी मुद्राको सटही सिफारिस नदिँदा सेवा अवरुद्ध हुने अवस्था आएको तथा अन्य प्रक्रियागत उल्झनको विरोधमा इन्टरनेट सेवा प्रदायकले आईसीटी दिवस बहिष्कार गर्ने भएका छन्।

Comments

Back to top