नेपालीको प्रतिव्यक्ति आय एक लाख ६७ हजार रुपैयाँ
नेपालीहरुको प्रतिव्यक्ति १८१ डलले बढेको छ । गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर रहेकोमा यस वर्ष बढेर १३७२ डलर भएको छ । आजको विनियम दर अनुसार नेपालीको प्रतिव्यक्ति आय २२ हजार ८२ रुपैयाँले बढेको हो ।
नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय एक लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष एक लाख ४५ हजार रुपैयाँ थियो । केहि समय अगाडी विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल न्यून आय भएको देशबाट निम्न मध्यम आय भएको देशको सूचीमा प्रवेश गरेको थियो । नेपाल सरकारले लिएको लक्ष्यलाई भेटाउन नसके पनि पछिल्ला वर्षहरुमा नेपालीहरुको प्रतिव्यक्ति आयतमा क्रमिक सुधार भने भइरहेको देखिन्छ ।
तथ्यांक विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४/७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो ।
२०७४/७५ मा १ हजार १ सय ३८ डलर, २०७५/७६ मा १ हजार १ सय ५९ डलर, २०७६/७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७÷७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो ।
Comments