कोकाकोला किनेर कोकेन मिसाउने मस्कको घोषणा !
टेस्लाका सीईओ इलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर खरिद गरेपछि त्यसबाट धेरै ट्विट गर्न थालेका छन् । उनले छिट्टै कोकाकोला किन्ने र त्यसमा कोकेन मिसाउने बताएका छन् ।
मस्कले ट्विट गर्दै भनेका छन्, “म अब कोकाकोला किन्दै छु, ताकि यसमा कोकेन पुन: मिसाउन सकुँ।” उनको ट्विटलाई अहिलेसम्म लाखौँले लाइक र रिट्विट गरेका छन् । मस्कले मंगलबार मात्र ट्विटर किनेका थिए।
एलन मस्कले केही दिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । त्यसपछि, उनलाई सेयर खुलासा नगरेको भन्दै मुद्दा पनि परेको थियो । त्यही झोँकमा उनले ट्वीटरको सबै सेयर किनेका हुन् । उनले ट्वीटर ५४.२० डलर प्रति सेयरको दरले पुरै कम्पनी किनेका हुन् ।
Comments