राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने
नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सी जारी गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका ६७ औं वार्षिक स्थापना दिवसको कार्यक्रममा बोल्दै डेपुटी गभर्नर बमबहादुर मिश्रले सो जानकारी गराएका हुन् ।
विश्वव्यापी डिजिटल करेन्सीको प्रयोग बढ्दै गएको बेला राष्ट्र बैंकले पनि नेपालमा डिजिटल करेन्सी प्रयोगमा ल्याउने बताएको हो । राष्ट्र बैंकले डिजिटल करेन्सी ल्याउनका लागि गृहकार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।
यसअघि, राष्ट्र बैंकले डिजिटल करेन्सीको सम्भाव्यता अध्ययन गर्न टोली बनाई सर्वेक्षण सुरु गरेको थियो । अब डिजिटल करेन्सी ल्याउने कार्यले चाँडै नै गति लिने देखिएको छ ।
Comments