फोर्स गुर्खाका नेपाल सुहाउँदो फिचर्स
फोर्स गुर्खा गाडी नेपाल भित्रिसकेको छ । यो सवारी नेपाली बाटोहरुको लागि उपयुक्त हुने यसको आधिकारिक बिक्रेता आयामले जनाएको छ ।
लामो र चौडा वनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।
मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।
अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म नि:शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन। #फोर्स गुर्खा नेपाली बजारमा
Comments