राष्ट्र बैंकको सञ्चालक नियुक्तिमा राजनैतिक भागवण्डा
नेपाल राष्ट्र बैंकमा रिक्त दुई सञ्चालक नियुक्तिमा नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र)का बीच भागवण्डा भएको छ । संचालकमा एक/एक जना नियुक्ति गर्ने सहमति भएको हो । यसअघि राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका दुई जनामध्ये पनि एक/एक जना नेपाली काँग्रेस र नेकपा माओवादी (केन्द्र) निकट रहेका थिए ।
५ वर्षअघि दुई जना सञ्चालकमध्ये श्रीराम पौडेललाई माओवादीले र कांग्रेस सरकारले रामजी रेग्मीलाई सञ्चालक बनाएको थियो । ती दुवै जना सञ्चालकको पदावधि वैशाख ३ गते सकिएकाले उक्त ठाउँमा नयाँ सञ्चालक नियुक्ति गर्न लागिएको हो ।
सत्ताधारी दल नेपाली काग्रेस र माओवादीबीच सहमति भए अनुसार नेपाल राष्ट्र बैंकको सञ्चालकमा दिलिप ढुंगाना र डा. शंकर आचार्यलाई नियुक्त गर्न लागिएको छ । राष्ट्र बैंकमा ३० वर्ष काम गरिसकेका आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुनुहुन्छ । यसैगरी, ढुंगानासँग बिभिन्न बैंक तथा वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभव छ ।
Comments