आइफोन १३ भारतमै बन्ने, मूल्य सस्तो हुने अपेक्षा !

भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको हो ।

एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो । एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ ।

भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड इन इण्डिया फोन छिटै बजारमा आउने र भारतलाई आइफोन उत्पादनको हब बनाउने अनुमान गरिएको छ ।

भारतमा आइफोन १२ तथा ११ सिरिजको उत्पादन पहिलेदेखि नै भइरहेको छ । सन् २०१७ देखि भारतमा आइफोनको उत्पादन सुरु भएको थियो । पहिलोपटक आइफोन एसइ मोडेलको उत्पादन भारतमा भएको थियो ।

आइफोन १३ को उत्पादन भारतमै भएपछि भारत र क्षेत्रीय बजारमा यसको मूल्य समेत कम हुन सक्ने बताइएको छ । तर भारतमा उत्पादित आइफोन १३ कहिलेसम्म बजारमा आउला र त्यसको मूल्य कतिसम्म घट्ला भन्ने कुरामा स्पष्ट सूचना अझै आएको छैन।

Comments

Back to top