स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर घट्यो

स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागतको ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ ।

बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।

यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ ।

यसअघि बैंकले साउनमा साधारण बचतमा ३.१० प्रतिशतदेखि ४.१५ प्रतिशत र रेमिट्यान्समा ५.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकको तीन महिनाको औसत आधारदर ६.३८ प्रतिशत रहेको छ । सो आधार दर बैंकले ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

एजेन्सी

Comments

Back to top