कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच सम्झौता

कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाडौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर बाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

एजेन्सी

Comments

Back to top