मुस्ताङका दर्जन बढी होटेलमा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने हुने भएको छ।

छुट्टाछुट्टै समारोहका बिच प्रभु बैंकले मुस्ताङका विभिन्न ११ होटेलसँग छुटसम्वन्धी सम्झौता गरेको छ ।

होटल संचालक र प्रभु बैँकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख शाखा नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रम्रुखहरुले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । सेवामा १० प्रतिशत छुट पाइने छ ।

सम्झौताअनुसार होटेल डे पुराङ मुक्तिनाथ, युरिका इन्टरनेशन मुक्तिनाथ, होटेल ग्रान्ड सम्वाला, मुक्तिनाथ होटेल सनराइज जोमसोम एयरपोट, होटेल मन्डला लोमानथाङ, होटेल ट्रिभाटीका, इको हिल रिसोर्ट, टुकुचे, होलीडे क्याप, होटेल टंस्रा कोवाङ, लुम्बिनी एण्ड रेष्टुरेन्ट, सि यू लज एण्ड रेष्टुरेन्ट लेटे, होटेल मार्फामा छुट पाइने छ ।

एजेन्सी

Comments

Back to top