औँठाको छापजस्तै देखिने टापु

संसारमा केही यस्ता टापुहरू छन् जुन अत्यन्तै सुन्दर छन् र तिनीहरूलाई हेर्न पर्यटकहरू स्वतः आकर्षित हुन्छन्। यस्तै एउटा टापु क्रोएशिया हो जुन हेर्नको लागी सुन्दर छ। यस बाहेक अन्य धेरै कारणहरू छन् जसले यसलाई चर्चित बनाउँछ।

क्रोएशिया एउटा सानो देश हो जुन दक्षिणपूर्वी यूरोप, बाल्कन, प्यानोनियन मैदान र भूमध्यसागरको बीचमा अवस्थित छ। यस देशको दक्षिणी र पश्चिमी छेउ एड्रियाटिक सागरसँग जोडिएको छ। यस समुन्द्रको किनारमा साना ठूला करिब एक हजार टापु छन् । यी टापुहरू घुम्न देश तथा विदेशबाट पर्यटकहरू आउने गर्छन्। आकाशबाट हेर्दा यो ठ्याक्कै फिंगरप्रिन्ट जस्तो देखिन्छ।

यो टापु समुद्रले घेरिएको छ। यो टापुलाई बालजोनिक टापु पनि भनिन्छ। यो टापु ०.१४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। टापु मुख्यतया कृषिको लागि प्रयोग गरिन्छ। यो टापु ढुङ्गाको पर्खालको नेटवर्क जस्तै फैलिएको छ र यसैले माथिबाट हेर्दा यो मानव फिंगरप्रिन्ट जस्तो देखिन्छ। यदि यी पर्खालहरू एकसाथ मिलाइयो भने तिनीहरूको दूरी करिब २३ किलोमिटरसम्म पुग्न सक्छ।

यी पर्खालहरू सन् १८०० मा निर्माण गरिएको थियो। यी पर्खाल बनाउन सुक्खा ढुङ्गाको पर्खाल लगाउने प्रविधि प्रयोग गरिएको छ। यी पर्खालहरू धेरै सावधानीपूर्वक एकअर्कासँग जोडिएका छन्।

एजेन्सी

Comments

Back to top