के हो ‘डेजा भु’ ? कुनै घटना पहिल्यै भइसकेको छ जस्तो किन लाग्छ ?
के तपाईंलाई कहिल्यै यस्तो लागेको छ कि कुनै नयाँ ठाउँमा पहिलो पटक जानुभएको छ तर, त्यो ठाउँ पहिले पनि देखेको जस्तो लाग्छ ? वा कुनै नयाँ व्यक्तिसँग भेट हुँदा पहिले पनि भेटेको जस्तो लाग्छ ?
यदि यस्तो अनुभव गर्नुभएको छ भने तपाईं मात्र होइन हामीमध्ये प्रायलाई यस्तो हुने गर्छ । यो एउटा सामान्य मनोवैज्ञानिक घटना हो, जसलाई ‘डेजा भु’ भनिन्छ ।
के तपाईंलाई कहिल्यै यस्तो लागेको छ कि कुनै नयाँ ठाउँमा पहिलो पटक जानुभएको छ तर, त्यो ठाउँ पहिले पनि देखेको जस्तो लाग्छ ? वा कुनै नयाँ व्यक्तिसँग भेट हुँदा पहिले पनि भेटेको जस्तो लाग्छ ?
यदि यस्तो अनुभव गर्नुभएको छ भने तपाईं मात्र होइन हामीमध्ये प्रायलाई यस्तो हुने गर्छ । यो एउटा सामान्य मनोवैज्ञानिक घटना हो, जसलाई ‘डेजा भु’ भनिन्छ ।
यो एउटा फ्रेन्च शब्द हो, जसको अर्थ हुन्छ ‘पहिले पनि महसुस गरिएको’ । ‘डेजा भु’भित्र दुई प्रकारका अनुभूति हुन्छ। ‘डेजा भिजित’ अर्थात् ‘पहिले पनि देखिएको ठाउँ’ र ‘डेजा भेक्यु’ अर्थात् ‘पहिले पनि बाँचिएको’ ।
यी दुवै भावनाबाट नै ‘डेजा भु’को अनुभूति बन्छ । तर, जब तपाईं पहिले कहिल्यै त्यो ठाउँमा जानुभएको छैन र न त्यो घटना नै पहिले भएको छ, यो ‘डेजा भु’ को अनुभूति कहाँबाट आउँछ ?
पुनर्जन्मसँग सम्बन्ध छ ?
पहिले यस्तो मानिन्थ्यो कि पहिले भइसकेका घटनाको यो भावना कतै न कतै पुनर्जन्मसँग जोडिएको छ । धेरै चलचित्रमा यसको प्रयोग राम्रोसँग गरिएको छ, जब नायकलाई एउटा ठाउँमा पुगेर बारम्बार केही याद आउँछ । तर, वैज्ञानिकहरूले लगातार यो प्रमाणित गरेका छन् कि यो झूटो हो । यो सम्पूर्ण घटनाक्रमको सम्बन्ध हाम्रो दिमागको सोच्ने र यादहरू सञ्चित हुने भागसँग छ ।
दिमागको हो यो पूरै खेल
हाम्रो दिमागको ‘सोच्ने र बुझ्ने’ भाग यस ‘डेजा भु’ को अनुभूतिको लागि जिम्मेवार छ । जब हामी धेरै थाकेका हुन्छौँ वा धेरै रिल्याक्स हुन्छौँ, हाम्रो दिमाग या त थाकेको हुन्छ वा सुतेको हुन्छ । यस्तो बेला कहिलेकाहीँ हामी मिल्दाजुल्दा शब्द वा त्यस्तै मिल्दाजुल्दा भावनालाई एउटा पुरानो याद सम्झन्छौँ ।
थकान र तनावको प्रभाव
जब हामी धेरै थाकेका वा तनावग्रस्त हुन्छौँ, मस्तिष्कले सूचनाहरूको प्रशोधन गर्ने तरिकामा परिवर्तन आउन सक्छ। यस्तो अवस्थामा डेजा भुको अनुभव हुने सम्भावना बढी हुन्छ।
अनुसन्धान के भन्छ ?
वैज्ञानिकहरूको अनुसन्धानले देखाएको छ कि डेजा भु कुनै पूर्वजन्मको स्मृति वा रहस्यमय घटना होइन । यो हाम्रो मस्तिष्कको कार्य प्रणालीसँग सम्बन्धित छ । सन् २०१६ मा वैज्ञानिक ओ’कोनर र उनको टोलीले यसबारे अध्ययन गरे । वास्तवमा हाम्रो मस्तिष्कमा फरक–फरक कम्पार्टमेन्टहरू बनेका छन् ।
एउटा कम्पार्टमेन्ट छ, जसले हाम्रा यादहरूलाई सम्हालेर राख्छ र एउटा भाग हामीलाई निर्णय लिन मद्दत गर्छ । कहिलेकाहीँ यी दुई क्षेत्रहरू एकैसाथ सक्रिय हुन्छन्, जसले गर्दा नयाँ अनुभवलाई पुरानो स्मृतिसँग जोड्ने भ्रम सिर्जना हुन्छ ।
यो अध्ययनले पुष्टि गरेको छ कि डेजा भु कुनै अलौकिक वा रहस्यमय घटना नभई मस्तिष्कको स्मृति प्रक्रियासँग सम्बन्धित एक प्राकृतिक घटना हो ।
विशेषज्ञको सुझाव
जब तपाईंलाई डेजा भुको अनुभव हुन्छ, तपाईं डराउनुपर्दैन। यो एक सामान्य मनोवैज्ञानिक प्रक्रिया हो । यस्तो भएको समयमा केही क्षण शान्त भएर गहिरो श्वास लिनुहोस् र आफ्नो दैनिक क्रियाकलापमा फर्कनुहोस् ।
एजेन्सी
Comments