महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना लाल चौधरीको नाममा रहेको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याइएको हो। उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (भदौ २०) ले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न चाहेको शेयर विवरण खुलाई संस्थाको केन्द्रिय कार्यालय अग्नीसाइर कष्णासवरण–६, महुली सप्तरीमा आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत संस्थाले सूचनामा उल्लेख गरेको छ ।

Comments

Back to top