सिटिजन लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । कम्पनीको आईपीओमा आजसम्म १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता शेयरका लागि ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँको आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर बिक्रि खुल्ला गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ । इन्स्योरेन्सले बाँकी रहेको ९० लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुल्ला गरेको थियो ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

Comments

Back to top