नेप्सेको पुनः ओरालो यात्रा, कारोबार रकममा पनि गिरावट!

मंगलबार सेयर बजार पुनःओरालो लागेको छ। आज नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ विन्दुमा झरेको छ।

यस दिन कुल २४ लाख ८० हजार ९२९ कित्ता सेयर ७९ करोड ६८ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७७ कम्पनीमध्ये ७१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, १५१ कम्पनी मूल्यमा गिरावट आएको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन ११ उप-सूचकहरु नकारात्मक रहेका छन् ।दिन दुई उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३८ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.७९ प्रतिशत घटेको छ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप एनएमबी माइक्रोफाइनान्स् वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आरबिबि म्युचुअल फण्ड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोस्यूमका आधारमा यसदिन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ७ करोड ५८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top