भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि
भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। उक्त आईपीओ कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
त्यस्तै, कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ लाख ९१ हजार २५० कित्ता शेयर निष्काशन गर्न लागेको छ।
स्थानिय बासिन्दाहरुले उक्तआईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १ सय २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असोज २ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ भने स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
Comments