नेप्सेमा सामन्य अंकको सुधार, कारोबार भने १ अर्ब ९ करोड!

सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ।

यस दिन कुल ३४ लाख ३२ हजार २६७ कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७० कम्पनीमध्ये १२६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, ८९ कम्पनी मूल्यमा गिरावट आएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन १२ उप-सूचकहरु सकारात्मक रहेका छन् ।यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लिबर्टी इनर्जी कम्पनी र सिटी होटल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८% ले घटेको छ। कारोबार रकम आधारमा यसदिन आइएमइ लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ५ करोड २८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। भोल्यूममा भने सबैभन्दा धेरै ग्लोबल आइएमइको प्रमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top