भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँट

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आईपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आईपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै,  भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

Comments

Back to top