अपर तामाकोशी हाइड्रोपावरको आजदेखि शतप्रतिशत हकप्रद सेयर खुला

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्काशन गरेको हो । अर्थात् कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीको हकप्रद सेयरमा आज भदौ १८ गतेदेखि असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

Comments

Back to top