भगवती हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भगवती हाइड्रोपावरको आईपीओ आज (भदौ १८ गते) बिहान ९ बजे बाँडफाँड हुँदैछ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई भदौ ५ गतेदेखि ८ गतेसम्म ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको थियो । भदौ ८ गतेसम्म १३ लाखभन्दा बढीले आवेदन दिएका थिए ।

मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्न लागिएको हो । जस अनुसार ७१ हजार २२२ जनाले कम्पनीको शेयर पाउनेछन् भने बाँकीको हात खालि हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने आईपीओ बाँडफाँड सिद्धार्थ क्यापिटलको कार्यालयमा हुने जनाइएको छ ।

Comments

Back to top