पहिलो कारोबार दिन २९.८१ अंकले घट्यो बजार, कारोबार १ अर्ब १८ करोड!

आइतबार सेयर बजारले ओरालो यात्रा तय गरेको छ। आज नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा झरेको छ।

यस दिन कुल ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७६ कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, २१२ कम्पनी मूल्यमा गिरावट आएको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन सबै उप-सूचकहरु नकारात्मक रहेका छन् ।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा थ्रीस्टार हाइड्रो पावर लिमिटेड रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लिबर्टी इनर्जी कम्पनी र सिटी होटल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम आधारमा यसदिन सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३ करोड ८८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। भोल्यूममा भने सबैभन्दा धेरै ग्लोबल आइएमइको प्रमोटर सेयरको कारोबार भएको छ।

Comments

Back to top