साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोकियो

साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्था एकआपसमा मर्ज हुने भएका छन् । दुई कम्पनीबीच मर्जरका लागि शुक्रबार (भदौ १५ गते) प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का राखिदिन दुबै संस्थाले नेप्सेलाई अनुरोध गरेका छन् । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ । हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरका लागि दुई कम्पनीको सेयर स्वाप रेसियो सम्पति तथा तथा दायित्व मूल्यांकनपछि तय हुनेछ ।

Comments

Back to top