भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँटको मिति तय

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आईपीओ बाँडफाँटको मिति तय गरेको छ । कम्पनीको आईपीओ सोमबार बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने भएको छ।

कम्पनीको आइपीओमा अन्तिम दिन सम्ममा १३ लाख ८८ हजार ११५ जनाले एक करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर वितरण गरिने कम्पनीले जनाएको छ । जसअनुसार ७१ हजार २२२ जनाले १० कित्ताका दरले मात्र उक्त शेयर पाउने भएका छन् । 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले आइपीओ बिक्री गरेको थियो । जसमा ७ लाख १२ हजार २२० कित्ताका लागि आवेदन खुला गरेको थियो। सोही शेयर सोमबार बाँडफाँट गर्न लागिएको हो । 

Comments

Back to top