सन नेपाल लाइफको आईपीओ आज बिहान ८ बजे बाँडफाँड हुदै

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज भदौ १५ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालयमा सो आईपीओ बाँडफाँट जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड गरिनेछ । यस अनुसार ७ लाख ६८ हजार जनाले मात्र इन्स्योरेन्सको शेयर प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो ।

Comments

Back to top