नेप्से सूचकमा ५ अंकको गिरावटका साथै घट्यो कारोबार रकम पनि!!

आज नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेको छ।

यस दिन कुल ४० लाख ६ हजार ७३९ कित्ता सेयर ८६ करोड ५१ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७८ कम्पनीमध्ये ६९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, १४४ कम्पनी मूल्यमा गिरावट आएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन ९ उप-सूचकहरु नकारात्मक रहेका छन् भने ४ सकारात्मक रहेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा कुथेली बुखरी स्मल हाइड्रोपावर रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेकाे छ जसको सेयर मूल्य ४.८३% ले घटेको छ। कारोबार रकमका आधारमा यसदिन माछापुच्छ्रे बैँक शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३ करोड ६२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। साथै सबैभन्दा धेरै भोल्यूममा सिद्धार्थ इक्विटी फण्डको कारोबार भएको छ।

Comments

Back to top