हिमालयन क्यापिटलको विशेष साधारण सभा भदौ २७मा, यस्ता छन् एजेण्डा!

हिमालयन क्यापिटलले विशेष साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठककले विशेष सधारण सभा यही भदौ २७ गते विहान ११ कम्पनीको रजिष्टर्डको कार्यालय, ठमेलमा आयोजना गर्ने निर्णय गरेको हो ।

सो सभामा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेड (प्राप्ति लक्षित संस्था) लाई गाभ्ने /प्राप्ति गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समितिद्वारा नियुक्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकनकर्ताको नियुक्ती तथा निजलाई भुक्तानी गरिने पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्याइन प्रतिवेदन तथा अन्तिम सम्झौता पत्र लगायतका गाभ्ने/ प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न भईसकेका सम्पूर्ण कार्यहरुलाई पारित गर्ने प्रस्ताव रहेको छ ।

हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्ने प्रयोजनको लागि नियुक्त मुल्याङ्गनकर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबारको मुल्याइन प्रतिवेदन बमोजिम सिफारिस गरिएको आधारमा सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ (अर्थात सिभिल क्यापिटल मार्केट लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन क्यापिटल लिमिटेडको ३१ कित्ता शेयर प्रदान गर्ने) को आधारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव रहेको छ ।

सभाले विशेष प्रस्ताव नं. २ बमोजिम सिभिल क्यापिटल मार्केट लिमिटेडलाई गाभ्ने/प्राप्ति गरे पश्चात् कम्पनीको जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफा/नियमहरुमा हुने संशोधन पारित गर्नेछ ।

Comments

Back to top