भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भदौ १९ गतेदेखि

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भदौ १९ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको छ। उक्त आईपीओ कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

त्यस्तै, कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि  १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको  १ लाख ९१ हजार २५० कित्ता शेयर निष्काशन गर्न लागेको छ।

स्थानिय बासिन्दाहरुले उक्तआईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १ सय २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

सो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असोज २ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ भने  स्थानिय बासिन्दाहरुका लागि यस्तो निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

Comments

Back to top