लाल्टिन साप्ताहिक समिक्षा

पछिल्लो साता भारि अङ्कले गिरावट आएको नेप्सेमा यस साता भने हरियो क्यान्डल देखिएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०५०.३६ को बिन्दुमा खुलेको नेप्से ३५.५५ (१.७३प्रतिशत)ले बढ्दा साताको अन्तिम कारोबार दिन विहिवार सूचक २०८४.९३ को बिन्दुमा पुगी क्लोजिङ्ग दिएको छ। 

नेप्से उप-समुह (Sub-Index)


यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साताको टप खरिद भएका कम्पनी (Top Bought)


यस साताको टप बिक्रि भएका कम्पनी (Top Sold)

प्राविधिक विश्लेषण

पछिल्लो साता अप्पर ब्याण्डबाट करेक्सन देखिएको बजारमा यस साता बजार बढे पनि अप्पर ब्याण्डमा रेसिस्ट्यान्स लिएको देखिन्छ ।

एमएसिडि लाईन यस साता ९.५९बाट बढेर १६.०८मा आएको छ र हिस्टोग्राम यो साता  बढेर २५. ७९ बाट २५.८३  मा पुगेको छ जसले बजारमा खरिद चाप सामान्य अङ्कले बढेको देखिन्छ।  जिरो लाईन भन्दा तल रहेको सिग्नल लाईन बढेर -९.७५मा आएको छ। +१४ डिएमआई लाईन अहिले २७.६० मा रहेको छ भने  -१४ डिएमआई लाईन १४.९३ मा रहेको छ। ए.डी.एक्स १७.०१  मा रेहको छ जसले अहिले सम्मको ट्रेन्डको स्ट्रेन्थ निकै कम भएको जनाउछ। आरएसआइ ५४.१८ बाट बढेर  ५६.२३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम फेरी बढेको देखिन्छ ।

बजारमा पहिलो सपोर्ट २०३५ को एरियामा र त्यस पछि बोलिंगेरको मिडल ब्याण्ड  करिब १९६० को एरियामा देखिन्छ भने अबको प्रतिरोध २१६० मा रहने छ। बजारमा एमएसीडीले बुलिश क्रस दिएको भए पनि एडीएक्स २० भन्दा मुनि रहेसम्म बजारमा कुनै पनि ट्रेन्डको स्ट्रेन्थ नरहेको बुझ्न सकिन्छ। 

Comments

Back to top