नेसनल हाइड्रोपावरको आजबाट हकप्रद सेयर बिक्री खुला

नेसनल हाइड्रोपावरले आज शुक्रबार असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ । 

यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ । जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउने छन् । यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ । मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ । मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ्ग शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ । 

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ

Comments

Back to top