तीन दिन ओरालाे लागेकाे सेयर बजारमा चमक
लगातार तीन दिन ओरालाे लागेपछि मंगलबार नेप्से सूचक दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ ।
२०७९.४२मा ओपनिङ्ग भएको बजारमा इन्ट्राडे हाइ २१०४.३८सम्म बनेको थियो भने व्रिक्रीकर्ताले बजारलाई इन्ट्रा डे लो २०६७.२२ सम्म पुर्याउन सफल भएका थिए। मंगलबार सूचक वृद्धि भए पनि कारोबार रकम भने प्रभावित भएको छ । आज कारोबार रकम जम्मा २.५ अर्बमा सिमित भएको छ। बजारमा चम्किलो हरियो क्यान्डल बनेको भए पनि कारोबार यसरी घट्नुले बजार टिकाउ हिसाबमा माथि नगएको अनुमान लगाउन सकिन्छ।
अबको बढाई वेभ 'बि'का लागि हुन सक्ने सम्भावना रहने छ जसलाई एजिट लिक़ुइडीटि भनिन्छ। ट्रेडर्सलाई सुरक्षित इन्ट्री अब बजारले २२०० बिन्दु माथि क्लोजिङ्ग दिए पछि हुने छ। बजारलाई नजिकको सपोर्ट २०५०को एरियामा हुने छ भने प्रतिरोध २१९०-२२००मा हुने छ।
यस दिन २८२ कम्पनीको ६४ लाख ५० हजार कित्ता सेयर कारोबार भएको छ । १२ करोड १७ लाख रुपैयाँसहित कारोबार रकममा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएलजी इन्स्याेरेन्स र हिमालयन लाइफ इन्स्याेरेन्स परेका छन् ।
Comments