नेप्सेमा १२ अंकको वृद्धि, कारोबार रकम २ अर्ब ५७ करोड ६१ लाख!
आज मंगलबार १२.७३ अङ्कले बढेर ०.६१% वृद्धिका साथ नेप्से परिसूचक २०८८.७० अङ्कमा बन्द भएको छ। कारोबार भएका २८२ कम्पनीमध्ये १४५ कम्पनी उकालो लागेका छन्, ७२ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सिटी होटेल रहेको छ जसको ९.९८% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा बिपीडब्लु लघुवित्त रहेको जसको सेयर मूल्य ९.९९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट र भोल्यूममा हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
Comments