सेयर बजार २१.३२ अंकले घट्याे, कहाँ गर्न सकिएला अब इन्ट्री ?

सेयर बजार २१.३२ अंकले घटेकाे छ । 

साेमबार नेप्से सूचक  २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा अडिएको छ । ४ अर्ब भन्दा बढीको सेयर कारोबार हुँदा ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सूचकसहित कारोबार रकम पनि केही प्रभावित भएको देखिन्छ ।

२०९६.७२मा ओपेनिङ्ग दिएको नेप्सेले इन्ट्रा डेमा २११३.७४सम्म हाइ बनाएता पनि सो बिन्दुमा आएको बिक्रि चाप थेग्न नसक्दा बजार २०७५सम्म पुगेको हो। सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ ।

तिन दिन लगातार चलेको करेक्सनमा अब केहि राहत आउन सक्ने सम्भावना रहने छ सो समयमा लगानीकर्ता सजक हुन पर्ने देखिन्छ।  अबको बढाई वेभ 'बि'का लागि हुन सक्ने सम्भावना रहने छ जसलाई एजिट लिक़ुइडीटि भनिन्छ।  ट्रेडर्सलाई सुरक्षित इन्ट्री अब बजारले २२०० बिन्दु माथि क्लोजिङ्ग दिए पछि हुने छ।  बजारलाई नजिकको सपोर्ट २०६०-२०५०को एरियामा हुने छ भने प्रतिरोध २१९०-२२००मा हुने छ। 

Comments

Back to top