नेप्सेमा २१ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ५ करोड १० लाख!
आज सोमबार २१.३२ अङ्कले घटेर १.०२% गिरावटका साथ नेप्से परिसूचक २०७५.९७ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७६ कम्पनीमध्ये ४१ कम्पनी उकालो लागेका छन्, १७४ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेको छ।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा बिपीडब्लु लघुवित्त र सीवाईसी लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फण्ड रहेको जसको सेयर मूल्य ८.९५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्यूममा हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।
Comments